ताजा अपडेट »

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्छ : मन्त्री बास्कोटा

शुक्रबार, १० फागुन २०७५, २३ : २९
6 Shares

फागुन १०,

काठमाडौं । सरकारले नेपालमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका हुन् । उनले भने सूचना प्रविधिमा अब्बल र प्रजातान्त्रिक मुलुकहरुमा यस्तो व्यवस्था रहेको भन्दै नेपालमा पनि यो व्यवस्था लागू हुनुपर्ने बताए । 

उनले भने, ‘चाहे फेसबुक होस् वा चाहे ट्वीटर, वीच्याट, इमो र गुगल नै किन नहोस् । अन्त खोल्न हुन्छ, हामीकहाँ खोल्न हुँदैन ?, स्वतन्त्रताका नाममा एउटा शब्दाबलीभित्र जे गरे पनि हुन्छ भन्ने हुन्न । हाम्रो पनि स्वाभिमान छ, हाम्रो देश हो, हाम्रो जनता हुन्, त्यसैले हामीले यो व्यवस्था गरेको हो ।’उनले थप्दै भने, ‘राष्ट्रिय सुरक्षामा चुनौती दिएर केही कुरा राख्यो भने त्यसको कम्प्लेन गर्ने ?’

सरकारले हालकै संसदमा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी विधेयकमाथि छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले कहि नभएको कुरा नेपालमा मात्र व्यवस्था गर्न लागेको होइन् । यो व्यवस्था अन्य देशमा पछि र नेपालमा पनि त्यसको अनुकरण गरिएको उनले बताए । 

साथै मन्त्री बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत रुपमा दर्ता गर्ने नभई सामाजिक सञ्जाल सञ्चालक दर्ता हुने व्यवस्था गरिएको पनि बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।