१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । भारतको ओडिसामा होली उत्सव मनाएपछि रंग पखाल्न गएका १५ जनाको डुबेर मृत्यु भएको छ । होली मनाएर आफ्ना साथीसँग विभिन्न नदी तथा पोखरीमा नुहाउन गएका १५ जनाको शव डुबेको अवस्थामा भेटिएको सुरक्षा अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार कटकमा तीन, भुवनेश्वरस्थित रंग बजार केनालमा एक, नियाली गाउँमा एक, परलाखेमुण्डीको महेन्द्रतनया नदीमा एक, रेढ़ाखोलको सुन्धीमुँडा केनालमा एक व्यक्तिको मृत्यु डुबेर भएको छ ।

यस्तै नीलगिरिको सीएडीमलमा एक, सालेपुरको चित्रोत्पला नदीमा एक तथा बारीपदाको जम्भीरामा एक व्यक्तिको डुबेर मृत्यु भएको छ । यसका साथै नबरंगपुरको इन्द्रावती नदीमा एक व्यक्तिको शव भेटिएको छ । जसको पहिचान भएको छैन । विगतका वर्षमा पनि होलीका बेला मादक पदार्थ खाएर नुहाउने क्रममा मृत्युका घटना हुने गरेकाले स्थानीय प्रशासनले नदीमा जान प्रतिबन्ध लगाएको थियो। तर प्रशासनको प्रतिबन्धलाई बेवास्ता गरेर नदीमा नुहाउन जाँदा दुःखद घटना भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई