१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

पाल्पा । पाल्पाको तानसेनमा पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा गरेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले यहि चैत ७ गते देखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए । हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए । पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तान्सेनमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको बचत हुनुको साथै डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए । १० वटा मेशिन सहित तानसेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने छन् । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट हाल दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हाल पाल्पा, गुल्मी लगाएतका जिल्लाबाट ६४ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग