ताजा अपडेट »

भाटभटेनी नेपालगञ्जमा शुभारम्भको छुट यथावत

आइतबार, २५ फागुन २०७६, १८ : ३३
6 Shares

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहागरपालिका–१८ कारकाँदोमा सञ्चालित भाटभटेनी सुपर मार्केटको शुभारम्भको छुट यथावत रहेको भाटभटेनी सुपर मार्केटले जानकारी गराएको छ । मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङ्गले सञ्चालनको सुरुवाती अवस्थाबाट नै नेपालगञ्ज लगाएत आस–पासका उपभोक्ता उल्लेख्य सहभागिता रहेकोप्रति आभार प्रकट गर्दै शुभारम्भको अवसरम घोषणा गरिएको सबै किसिमका छुटहरुलाई निरन्तरता दिने बताएका छन् । एक सूचना जारी गर्दै उनले शुभारम्भको अवसरमा सबै किसिमका सामानको खरिदमा दिइएको १० प्रतिशत छुट र इलेक्ट्रिक सामान दिइएको २० प्रतिशत छुट यथावत रहेको जानकारी गराएका हुन् । ग्राहकको मागलाई ध्यानमा राखेर उपलब्ध सो छुट सेवा अर्को सूचना नआउँदा सम्मका लागि यथावत रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

फागुन १६ गतेबाट सुरु भएको भाटभटेनी सुपर मार्केटको १८ औं स्टोर नेपालगञ्जमा शुभारम्भदेखिनै उपभोक्ताको उत्साहजनक सहभागिता रहेको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । प्रदेश ५ का तीन शहरहरुमा भाटभटेनीका तीन स्टोर रहेका छन् । स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामानहरु उपलब्ध रहेका छन् । त्यसैगरी हाल स्टोर भित्र पेपे पिजा सञ्चालित छ भने निकट भविष्यमा मल्टिप्लेक्स लगाएतका सेवाहरु रहनेछन् । केही वर्षअघि बुटवलमा आफ्नो सेवा शुभारम्भ गरेको भाटभटेनीले गत मंसिर २६ गतेदेखि व्यपारिक तथा सिमावर्ती क्षेत्र भैरहवामा १७ औं स्टोर सञ्चालन गरेको छ । भाटभटेनी भैरहवामा पनि शुभारम्भको अवसरमा दिएको १० प्रतिशत र २० प्रतिशत छुट हालसम्म पनि यथावत रहेको स्टोरका व्यवस्थापक भट्टराईले बताए।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापनले जनाएको छ । यो स्टोर पछिल्लो पटक प्रदेश ५ मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका व्यवस्थापक भट्टराईले बताए । देशभर ५० भन्दा बढी स्टोर स्थापना गर्ने र ५० हजारलाई रोजगार दिने अभियानका साथ अगाडि बढेको स्टोरको नेपालगञ्ज शाखामा करिब ४ सय बढी कर्मचारी रहेका छन् । पूर्णतया वातानुकुल वातावरणमा प्रशष्त पार्किङ सहितको अन्तराष्ट्रिय स्तरको भाटभटेनी सुपर मार्केट सञ्चालनपछि नेपालगञ्जमा चहल–पहल बढेको छ । स्टोरले सस्तो शुपथ मूल्यको प्रलोभनमा सिमावर्ती भारतीय क्षेत्री रुपौडिया जान नपर्ने दावी गर्दै स्टोरमै शुपथ मूल्यमा सबै किसिमका सामान पाइने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।