१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

दाङ । दाङको बङ्गलाचुली–२ टाकुराका दिलबहादुर बुढा रोजगारीको सिलशिलामा करिव डेढ दशकदेखि भारतको दिल्लीमा रहँदै आएका छन् । उनको नेपाल आउजाउ अक्सर गरेर विशेष अवसरमा मात्रै हुनेगर्छ । विशेष कामका कारण उनी आफ्ना जहान परिवारलाई भेट गर्न र थाँती रहेका केही काम सकाउन यही फागनु २० गते घर फर्किए । उक्त दिन थरुहटले बन्द आह्वान गरेको थियो । बन्दको प्रभावले उनी समयमा घर पुग्न पाएनन्, टिप्पर चढेर गन्तव्यमा हिँडेका दिलबहादुर राती १० बजे बङ्गलाचुलीको पुरुङछेडा पुगे । त्यहाँबाट करिव आधा घण्टाको पैदल यात्रा गरेपछि उनको घर पुग्न सकिन्छ । उनी घरतर्फ लम्कँदै गर्दा बाटैमा प्रहरी र स्थानीयको आउजाउ गर्नेले टाकुरामा आगलागी भएको खबर सुनाए । उनको मनले सङ्केत गर्यो, कतै मेरै घरमा त होईन ? नभन्दै निमेषभरमै मोबाइलमा खबर आयो । उनकै घरमा आगलागी भएको । हतार हतार उनी घर पुग्दा उनको घर आगोले जलेर खण्डहर भइसकेको थियो ।

Advertisement

परिवारमा खुशी साट्न परदेशबाट घरदेश आएका दिलबहादुरको घर खरानी हुँदा उनकी जीवन संगिनी गीतादेवी बुढा दुई छोरी चाहना बुढा, बिपासा बुढा र एक छोरा विनायक बुढालाई काखमा च्यापेर बिलौना गर्दै थिईन् । आगो राती १२ बजेतिर नियन्त्रणमा आयो । आगलागीमा परि उनको अन्नपात, लत्ताकपडा, केही नगद खरानी भए । उक्त आगलागीमा करिब ६ लाख बराबरको क्षति भएको छ । घरबार बिहिन भएपछि बुढा परिवारको दैनिकी खुला आकाशमा बितेको थाहा पाएपछि घोराहीमा रहेका युवाहरुको एक समुहले शनिबार पीडित परिवारको घरमै पुगेर राहत प्रदान गरेको छ । बुढाको परिवार तथा छोराछोरीको दैनिकी अत्यन्तै कष्टकर रुपमा बितिरहेको जानकारी पाउनासाथ नरेन्द्र पुनको सक्रियतामा युवाहरुको एक समुहले पीडितको घरसम्म पुगेर करिव ४२ हजार रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुडा तथा लत्ताकपडा सहयोग गरेको हो ।

बङ्गलाचुली गाँउपालिका उपाध्यक्ष यमुना घर्ती र वडा नम्बर २ का अध्यक्ष मेघबहादुर राना मगरको रोहवरमा पीडित परिवारलाई शनिबार राहत प्रदान गरिएको हो । न्यू लुक फेन्सी ग्यालरीका शंकर गिरी, इगल सु–सेन्टरका धनश्याम अधिकारी, बिशाल फेशन हाउस, जीबी मिनी मार्टका राज रोका, केशव रोका, लामा फेन्सि स्टोर, व्यवसायी प्रेम बुढा मगर, साजन बुढा मगर, समाजसेवी राजपूर्ण पुन, भीम केसी, शिक्षक मुकेश डिसी, व्यवसायी आदित्य भट्टराई, भ्यू कुमार पुन, समाजसेवी नरेन्द्र पुनलगायत पत्रकारको संयुक्त टोलीले सहयोग प्रदान गरेको हो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष घर्तीले यस्ता खालका भवितव्य जो कोहीलाई पनि पर्न सक्ने हुँदा सहयोग गर्ने भावना जागृत सबैमा हुनु आवश्यक रहेको बताईन् । आगलागी पीडितलाई सहयोग गरेकोमा उनले सहयोगी युवाहरुलाई धन्यवाद दिईन् ।

यस्तै उनले आगलागी पीडितको घर पुनर्निर्माणको लागि बङ्गलाचुली गाँउपालिकाले टिन र आर्थिक सहयोग गर्ने, स्थानीय बन समूहले काठ र जनसमुदायबाट जनश्रमदान गरी चाँडै नै घर बनाएर बुढा परिवारलाई बासको व्यवस्था गरिने बताईन् । यस्तै, बुढाका दुवै छोरी वौद्धिक अपांग भएको हुँदा उनीहरूको उचित पठन–पाठनका लागि घोराहीस्थित बालमन्दिरमा व्यवस्थापन गर्ने तयारी भएको छ । जसका लागि गाउँपालिकाले पहल गर्ने पनि उपाध्यक्ष घर्तीले वचन दिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग