ताजा अपडेट »

नेपाली महिलाका चूनौतीहरु

आइतबार, २५ फागुन २०७६, ०८ : ३२
74 Shares

आज संसारभरी अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम निकै नै भव्य तथा सभ्य तौर तरिकाबाट मनाइदै छ , जसको पावन अवसरमा सम्पूर्ण नारीहरुलाई एकमुस्ट शुभकामना दिदै आगामी दिनहरुमा कुनै पनि नारीको अपमान नहोस भन्ने कामना गर्दछु । किनकी नारी आमा हुन जसले यो सुन्दर संसार देखाइन, नारी देवी हुन, एक अशल जीवनसाथी हुन जसले निस्वार्थ आफ्नो सन्तान, भक्त, पुरुषलाई सहयोग गरिरहेका हुिन्छन । भनिन्छ जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ मात्र भगवानको बाँस हुन्छ तर हामी कहाँ महिलाको सम्मान गर्ने सँस्कृतीको विकास भएको छैन सायद त्यसैले होला नेपालमा धेरै मठ मन्दिर, गुम्बा, मस्जीद, चर्च भईकन पनि अशल चरित्र तथा सँस्कारको विकास नभएको ।

एउटा असल नारीले संसार बदल्न सक्छीन तर उनको त्यस क्षमतालाई अझै पनि विश्वका बिभिन्न देशमा प्रतिबन्ध लगाइएको छ, जसलाई तोड्ने काम यसपालीको महिला दिवसले गर्न सक्नु पर्दछ । विश्वका हरेक आन्दोलन, क्रान्ती , परिवर्तन तथा विविध प्रकृतीका असहज परिस्थितीमा महिलाहरुले मुख्य भूमिका प्रदान गरेकाले आजको विश्व सम्भब भएको कुरालाई बेवास्ता नगरी समानान्तर आकाश तथा अवसरको नारालाई व्यवहारमा उर्तानु यो महिला दिवसको मुख्य कार्यदिशा हुनुपर्दछ । दिवसलाई दिवसका रुपमा होईन नयाँ योजना बनाउने अवसरका रुपमा प्रगोग गर्न विश्वभरका नारीहरुलाई अनुरोध गर्दछु । नारी दिवसको अवसर पारी यस लेखमा नेपाली महिलाको अवस्था तथा शशक्तिकरणमा देखिएका चुनौतीको बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएकोछ ।

नेपाली महिलाको वर्तमान अवस्था

नेपाली समाज आज पनि परम्परागत सोच, प्रणाली, कार्यक्रम तथा विधि प्रक्रियाबाट सञ्चालित भएकै कारणले नेपाली महिलाहरु युग सुहाउँदो अवस्थामा आफ्नो उपस्थिती देखाउन नसेकेको कुरामा आज महिला अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाहरुले निकालेका प्रतिवेदनहरुले बताएका छन् । यसै बिचमा नेपाली महिलाको अवस्था सार्क राष्टका महिलाहरुको तुलनामा निकै सुधारात्मक अवस्थाका तथा व्यवहारिक रुपमा अति नै उत्कृष्ट रहेको कुरामा द्धिविधा छैन् । जसको सम्पन्न साग गेममा नारी खेलाडीले गरेको प्रर्दशललाई लिन सकिन्छ । नेपालको हरेक राजनैतिक , सामाजिक, आर्थिक, आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ सहभागिकता । सहयोग, सहानुेभुती ,सहकार्यता, सङ्घर्ष गरेका छन् , तर त्यो कुरालाई नेपालको प्रशासनीक, राजनैतिक, आर्थिक कार्यक्रम सञ्चालन गर्नमा सक्रिय सहभागिता भएका पक्षहरु । व्यक्तिहरु तथा संघ संस्थाहरुबाट उचित ध्यान दिन सकेका छैनन् ।

नेपालको जनगणाना २०६८ अनुसार नेपाली महिलाको जनंसख्या ५१.५ प्रतिशत रहेको , उनीहरुको साक्षरता प्रतिशत ५६.४ प्रतिशत महिलाको नाममा जग्गा जमिन तथा अन्य सम्पत्ति हुनेमा १९.७१ प्रतिशत रहेको बताइएको छ । त्यसैगरि २५.७३ प्रतिशत महिलाहरु घर परिवारको मुलीको रुपमा रहेको बताइएको छ । पन्ध्रै योजनाको आधार पत्रका अनुसार मातृ मृत्युदर २३८ प्रतिलाख रहेको बताइएको छ जसले नेपाली महिलाको स्वास्थ्य क्षेत्रमा सुधार हुदैँ गएको पुष्टि भएको छ । भने आ.व. २०८०/८१ मा ९९ प्रतिलाखमा झार्ने लक्ष्य राखिएको छ । वर्तमान समयमा पनि नेपाली महिलाहरुले २० वर्ष भन्दा कमको उमेर मै बच्चाँ जन्माउनु पर्ने, प्रसव पिडामा अस्पताल पुग्न नपाई मृत्यु वरण गर्नु पर्ने, बोक्सीको आरोपमा समाजबाट अपहेलित हुनु पर्ने, छाउपडी प्रथा, कमलहरी जस्ता पुरातन समस्याबाट पिडित बन्नु परेका, पे्रम बहानामा एसिड प्रहार गरी मारेको, उदाहरण हाम्रो समुदायमा आज पनि छन जुन नेपाली नारी शशक्तीकरणको अबरोधक हो । नेपालको भौगोलिक अवस्थाका आधारमा व्याख्या गर्दा पहाडी क्षेत्रमा महिलाको जनसंख्या बढि देखिन्छ ।

यसैबिच देशका प्रमुख औद्मोगीक, प्रशाशनिक, व्यापारीक क्षेत्रका महिलाहरुको बारेमा अध्ययन, अनुसन्धान गर्दा उनीहरुको सामाजिक, आर्थिक, राजनैतिक, मनोवैज्ञानीक, धार्मिक अवस्था सकारात्मक भएता पनि देशका दुर्गम स्थानका महिलाहरुको अवस्था निकै कारुणीक अवस्थामा रहेको छ । नेपालको विकासमा महिलाहरुलाई सम्मानजनक, न्यायपूर्ण सहभागिता गराएको खण्डमा आर्थिक, समाजिक, प्रशासनिक, शैक्षिक, व्यवायीक, व्यापारिक अवस्थामा गुणात्मक परिवर्तन आउनेछ । जसको कारणले नेपाली समुदायले आफुलाई विकसित राष्ट्रका रुपमा परिभाषित गराउन सफल हुनेछ । नेपाली समाजमा रहेका महिलाका चुनौतीहरुलाई मध्यनजर गरेर यसका सम्बन्धमा क्रियाशिल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरु तथा नेपाल सरकारको प्रतिवेदन उल्लेखित गरिएका प्रमुख चुनौतीहरुलाई निम्नानुसार उल्लेख गरिन्छ ।

राजनीतिक कारण

विद्यमान परिवर्तित सन्दर्भमा नेपाली महिलाहरुलाई विकासको मूल प्रवाह सम्माहित गर्न दरो राजनैतिक इच्छाशक्तिको आवश्यकता पर्दछ । यसले ग्रामिण क्षेत्रमा सबै प्रकारका राजनैतिमा सहभागिता हरेक निकायमा ५० प्रतिशत महिलालाई अनिवार्य गर्नु नसक्नु ,स्थानिय निकायमा हुने हरेक क्रियाकलापमा महिलालाई सहभागिता गराउन नसक्नु, राज्यका हरेक क्षेत्रमा महिलालाई जनसंख्याका आधारमा प्रतिनिधित्व नगराउनु नेपाली महिलाहरुका लागि आफ्नो हक ,हित, अधिकार, प्राप्तिकामा प्रत्यक्ष रुपमा राजनैतिक तवरबाट गरिएको वेवास्ता हो भन्ने कुराको गतिलो उदाहरण पछिल्लो समयमा निवाचित प्रतिनीधि सभा प्रत्यक्ष निर्वाचित महिला सदस्यहरुको संख्यालाई लिन सकिन्छ। नेपाली महिलाहरुलाई राजनैतिमा प्रत्यक्ष सहभागिता नगराउनु नेपाली महिलाहरुको एक प्रमुख चुनौति हो । जसको समाधानका लागी नारी अधिकारका विषयमा नागरिक स्तरबाट बहस चलाउनु पर्दछ ।

आर्थिक कारण

जब सम्म मानिस परनिर्भरतामा जीवन बिताउन बाध्य रहन्छ तब सम्म त्यसलाई जति धेरै अधिकार प्रदान गरिएता पनि त्यसले त्यो अधिकारलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्दैन् । नेपालमा जतिसुकै लोकतन्त्र गणतन्त्रका कुराहरु गरिएता पनि महिला अधिकार र समानताको पक्ष उठाए तापनि आर्थिक रुपले आफ्नो श्रीमान, पिता या छोरा सगँ भर पर्नु पर्ने अवस्था सृजना भए पछि त्यस्ता स्वतन्त्रता तथा समान सहभागिताका पक्षहरुले कुनै ठुलो अर्थ राख्न सक्दैन । ग्रामिण क्षेत्रका महिलाहरुले घर व्यवहार सञ्चालन गर्न अत्यन्तै ठुलो भुमि अर्थ राख्न सक्दैन । नेपालका अधिकांश महिलाहरु ग्रामिण क्षेत्रमा बसोबास गर्ने भएकाले पारिवारिक गतिविधिमा मात्र प्रत्यक्ष सहभागिता जनाएका हुन्छन । यसरी उनिहरु आर्थिक रुपले पछाडि पर्ने गरेको वास्तविकतालाई सम्बन्धित पक्षले व्यवस्थापन गर्न नसक्नु नै नेपाली महिलाहरुको चुनौतिको विषय हो ।

सामाजिक कारण

नेपाली ग्रामाणि समाज २१ औँ शताब्दीको वैज्ञानिक युगमा समेत अत्यन्तै संकीर्ण, अवैज्ञानिक र पुरातनवादी सोच र विचारबाट ग्रस्त छ । थोरै विश्वविद्यालयमा देखिएका महिला र केही सहरी क्षेत्रमा देखिएका मात्र हेर्ने हाम्रो दोषी सरकारी आखाँलाई परिवर्तन गरी शोषण र दमनबाट पिडित ग्रामिण क्षेत्रलाई हेर्न जरुरी छ । हाम्रो सामाजिक परम्पराले महिलाहरुलाई देवीका रुपमा पुज्ने तर व्यहारिक रुपमा अति नै कठोर व्यवहार गर्ने यथार्थता हामी कहाँ वर्तमान समयमा पनि सक्रिय अवस्थामा छ यसले हाम्रो आर्थिक विकासमा प्रत्यक्ष तथा परोक्ष दुवै तरिकाले सिधा असर पारेको छ । नेपालको अधिकांश वस्तीहरुमा आज पनि नवजात शिशुको जन्म हुदाँ छोरा जन्मिएमा खुसी हुने र छोरी जन्मिएमा आमा र शिशुलाई समेत दुव्र्यवहार गर्ने अवस्था छ जुन कुरालाई तत्काल समाधान गर्नु आवश्यक छ । यस्तो निर्दयी व्यवहार गर्नेलाई सार्वजनिक रुपमै बहिष्कारको नीति अपनाईनु आवश्यक छ ।

शैक्षिक कारण

सिप र ज्ञान यस्ता पक्षहरु हुन जसले व्यवहारिक रुपले मानिसलाई सक्ष्म क्षमतावान र दरिलो बनाउँछ अर्थात सशक्तीकरण गर्दछ माथि उल्लेखित विविध समस्या तथा चुनौतिहरुका पछाडि तिनिहरुको चेतनाको स्तर न्यून रहनु नै हो । वि.स. २०६८ को जनगणना अनुसार ५६.४ प्रतिशत महिलाहरु मात्र साक्षर रहेको अवस्था छ। जसले गर्दा नेपाली महिलाहरु हरेक क्षेत्रमा शैक्षिक क्षेत्रमा पछाडि परेका छन् नै उनिहरुको कारणले सन्तानमा समेत शैक्षिक योग्यता वृद्धि गर्नमा प्रत्यक्ष असर पुगेको छ । जब सम्म महिलालाई उचित व्यवहारिक , व्यवसायिक शिक्षा दिन सकिन्न तब सम्म उनिहरुलाई सार्थक बनाउन तथा महिला सशक्तिकरणलाई प्राथमिताका साथ अगाडि बढाउन सकिदैन ।

महिला विरुद्वका हिंसा

विश्वको तथ्याङ्कलाई अध्ययन गर्ने हो भने नेपाल महिला विरुद्व हुने हिसांको सन्दर्भमा निकै अगाडि देखिन्छ । त्यसमा पनि ग्रामिण महिलाको सन्दर्भमा यो झन बढी रहेको पाइन्छ । राजनैतिक कार्यक्रम, चुनावी घोषणा पत्र, सभा, सेमिनारमा महिला हिसांका बारेमा निकै चर्का चर्का विषयवस्तु माथी छलफल, उल्लेख गरेता पनि घरमा तिनै व्यत्तिबाट श्रीमती, आमा, छोरी, बुहारी पिडित बनेको कुरालाई नर्कान सकिने स्थिती नेपालको सन्दर्भमा छैन ।

नेपालमा हुने महिला विरुद्वका हिसांहरु :

क .परम्परागत हिंसा ,
ख .यौनजन्य हिंसा ,
ग .पारिवारिक हिंसा ,
घ. अन्धविश्वासमा आधारित हिंसा ईत्यादी ।

माथी उल्लेख गरिएका हिंसाहरु मुख्यतया : जात, धर्म तथा वर्ग अनुसार फरक फरक ढगंका हुने गरेको पाईन्छ त्यसमध्ये पनि यस्तो अवस्था दलित महिलाहरुको सन्र्दभमा अझ बढि पाईएको छ । पुरुषवादि समाज तथा महिलाहरु आर्थिक रुपले परनिर्भर रहनु परेकाले यस प्रकारको हिंसालाई तिनिहरुले सामान्य ढगंले लिनुपर्ने अवस्था छ । यस्तो प्रकृतिका महिला विरुद्ध हुने हिसां तथा यौन दुव्यवहारलाई अन्त्य गर्न उपर्युक्त कानुनी उपचारको समेत अभाव छ । यसकारणले गर्दा आगामी दिनहरुमा बन्ने प्रदेश तथा स्थानीय कानुनहरु नारीमैत्री हुनु जरुरी छ ।

अन्त्यमा, नेपाली महिलाहरुको सामाजिक, आर्थिक, राजनैतिक , शैक्षिक रोजगारी आदिको अवस्था वर्तमान समयमा विश्व परिवेश तथा युग सापेक्ष नभएको निष्कर्ष निकाल्न सकिन्छ यद्धपि पछिल्लो समयमा नेपाली महिलाहरुको हक हितका लागि भएका सामाजिक, आर्थिक, शैक्षिक कार्यक्रमहरुको प्रभावका कारण दक्षिण एसियामा मै नेपाली महिलाहरुको स्थान उच्च रहेको पाईन्छ भने नेपालको संविधान २०७२ जारी भएपछि देशका महत्पूर्ण तीन संवैधानिक निकायको प्रमुख पदमा महिला उपस्थिती रह्यो, वर्तमान संघिय सासंदमा पनि समानुपाकि पद्दतीबाट महिलाको उपस्थिती समान्न जनक छ । स्थानीय तहको निवार्चन २०७४ ले त नेपाली महिलाहरुको शशक्तीकरणमा एक नयाँ मोडल नै विकसित गरेको छ ।

जसको कारणले आजका दिनमा स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४.५ प्रतिशत तथा संघिय संसदमा ३३.५ प्रतिशत महिला सहभागिता हुन पुगेकोछ । जुन नेपाली महिलाहरुका लागि खुसीको कुरा हो यहि अवस्थामा खुसी भएर नेपाली महिला आन्दोलनलाई सफलता मिलेको मानिनु उचित छैन् किनकी देशको हरेक क्षेत्रमा बसोबास गर्ने महिलाहरुले ढुक्क भएर बस्ने अवस्था अझै निर्माण भइसकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।