१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । सुरुमा चीनको वुहानमा देखा परेको कोरोना भाइरस हालसम्म ८० वटा मुलुकमा फैलिइसकेको छ । कोभिड-१९ पनि भनिने नयाँ भाइरसबाट ३४ सयभन्दा बढीको ज्यान गइसकेको छ भने संक्रमित हुनको संख्या १ लाख नाघिसकेको छ । कोरोना भाइरस संसारभर आक्रामक रुपमा फैलिइरहेको बेला अष्ट्रेलियाली विज्ञहरूको एक समूहले डरलाग्दो अनुमान गरेका छन् । विज्ञहरूले भाइरस नियन्त्रणमा आउन नसकेको अवस्थामा करोडौं मानिसको ज्यान जान सक्ने र खर्बौं डलर बराबरको आर्थिक क्षति हुन सक्ने चेतावनी दिएका छन् ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीका विज्ञहरुको एक समूहले कोरोना भाइरसले डरलाग्दो रुप लिएमा डेड करोड मानिसको ज्यान जान सक्ने र विश्व अर्थतन्त्रमा २.४ ट्रिलियन डलर बराबरको क्षति हुन सक्ने चेतावनी दिएका छन् । विज्ञहरूले भाइरसले लिन सक्ने सबैभन्दा डरलाग्दो परिदृश्य र सबैभन्दा कम डरलाग्दो परिदृश्य विश्लेषण गर्दै यस्तो चेतावनी दिएका हुन् । उनीहरूले भाइरसबाट उत्पन्न हुन सक्ने ७ वटा परिदृश्यहरू आकंलन गर्दै यस्तो अनुमान गरेका छन् । सात परिदृश्यमध्ये ४ वटा परिदृश्यमा चीनबाट कोभिड-१९ अन्यत्र फैलिँदा उत्पन्न हुन सक्ने परिस्थितिबारे विश्लेषण गरिएको थियो । चीनबाट अन्यत्र फैलिनु आफैंमा एउटा गम्भीर परिदृश्य भएको विज्ञहरूको दाबी थियो । कोरोना भाइरस विश्वभर फैलिने, हरेक वर्ष देखिइरहने र  विश्वव्यापी महामारीको रुप लिएको अवस्थामा ठूलो क्षति हुन सक्ने उनीहरुको भनाइ छ । मध्यम गतिमा कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिन पुगेमा १ करोड ५० लाख मानिसले ज्यान गुमाउने विज्ञहरूको अनुमान छ । साथै यस्तो अवस्थामा विश्वव्यापी अर्थतन्त्रमा २.४ ट्रिलियन बराबरको क्षति हुन सक्छ ।

विज्ञहरूले सन् १९६८-६९ मा हङकङबाट फैलिएको फ्लुबाट भएको मानवीय तथा आर्थिक क्षतिका आधारमा उक्त अनुमान गरेका हुन् । उक्त फ्लुबाट विश्वभर झण्डै १० लाख मानिसले ज्यान गुमाएका थिए । त्यस्तै, यदि उच्च गतिमा भाइरसले विश्वव्यापी महामारीको रुप लिएमा ज्यान गुमाउनेको संख्या झण्डै ७ करोडसम्म पुग्ने र विश्व अर्थतन्त्रमा ९ ट्रिलियन बराबरको क्षति हुन सक्ने अनुमान गरिएको छ । ‘हामीले अनुमान गरेका परिदृश्य हेर्ने हो भने भाइरस नियन्त्रण भएको अवस्थामा पनि विश्वअर्थतन्त्रमा छोटो समयमा नै ठूलो असर पर्ने देखिन्छ’, अष्ट्रेलियन नेशनल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक वारविक म्याककिबिनले बताए । ‘विशेषगरी विपन्न मुलुकको स्वास्थ्य तथा विकासमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ’, म्याकिकिबिनले थपे, ‘विभिन्न मुलुकमा भाइरस फैलिइसकेको र विश्वव्यापी महामारी सुरु भइसकेको अवस्थामा सीमाना बन्द गर्ने प्रयासको कुनै अर्थ छैन् ।’

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै