१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौँ । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले धमाधम राजीनामा दिन थालेका छन् । कर्मचारी समायोजन ऐनमार्फत प्रदेश र स्थानीय तहमा समायोजित कर्मचालिे धमाधम राजीनामा गर्न थालेका हुन् ।

Advertisement

सरकारले प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई आकर्षण गर्न दुई तह वृद्धि र दुई ग्रेड थप्ने गरेको छ । ऐनअनुसार समायोजन भएको एक वर्षसम्म राजीनामा दिन नपाउने व्यवस्था छ । तर, कर्मचारीले अनेकौँ बहाना बनाएर राजीनामा दिन थालेका छन् । अवकाशपछि पेन्सन वृद्धि गर्न मात्र प्रदेश र स्थानीय तहमा समायोजन भई एक वर्ष पनि सेवा नगरी कर्मचारीले राजीनामा दिने क्रम बढ्दो छ ।

निजामती किताबखानाका अनुसार शुक्रबारसम्म स्थानीय र प्रदेशमा समायोजन भएका ६ सय ८४ जनाले राजीनामा दिएका छन् । स्थानीयमा समायोजन भई राजीनामा दिने ४ सय २ जना र प्रदेशमा समायोजन भई राजीनामा दिनेको संख्या २ सय ८२ जना छन् । त्यस्तै दुवै तहमा गरी ५ सय ३७ जनाले अनिवार्य अवकाश लिएका छन् । सरकारले १४ चैत २०७५ मा कर्मचारीसमायोजन समापन भएको घोषणा गरेको थियो ।

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक एवम् प्रशासनविद् डा. बालचन्द्र मिश्रले सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीले राजीनामा गर्न नभई सेवा गर्न पठाएकाले एक वर्ष पनि नपुगी राजीनामा दिन राज्यका लागि ठगी भएको बताए । यो समाचार आजको गोरखापत्रमा छ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन