१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

दाङ । वडा स्थानान्तरणको विषयलाई लिएर दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा स्थानीयले लगाएको ताला खोलिएको छ । आइतबारदेखि लागेको ताला आन्दोलनरत पक्ष र उपमहानगरपालिकाबिच सहमति भएपछि खुलेको हो । कार्यवाहक नगरप्रमुख सुर्यबहादुर डाँगीले ताला खोलेको हुन् । उनले सबै वडाबासीलाई पायक पर्ने गरी वडा कार्यालय कहाँ राख्ने भन्ने वारेमा अध्ययन गरिने पनि बताए । ‘हामीले कार्यदल बनाएका छौं यसले सबै कुराको अध्ययन गरेर नगरसभामा प्रतिवेदन पेश गर्नेछ’ -डाँगीले भने ।

वडा कार्यालय सार्ने कुरा नगर सभाको दुइतिहाई वहुमतले मात्रै निर्णय गर्न सक्ने भन्दै उनले कानुनी प्रक्रिया पुरा गरेर मात्रै सम्भव हुने वताए । ‘वडाले एकलौटी निर्णय गरेर मात्रै यो सम्भव हुँदैन’ डाँगीले भने । यसैविच ताला खोल्नु अगाडि उपमहानगरपालिकामा वडावासीसँग छलफल समेत गरिएको थियो । छलफलमा दुवै तर्फका वडावासीहरुको सहभागिता रहेको थियो । छलफलले २ वुँदे सहमति गरेपछि ताला खोल्ने प्रक्रिया अगाडि वढेको हो । वडा नम्वर ४ को केन्द्र स्थानान्तरणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम प्रक्रिया अगाडि वढाउनका लागि राय र सुझाव संकलन गर्न परामर्श समिति वनाउने सहमति भएको छ । आगामी असार १५ गते नगरसभामा पेश गर्नका लागि सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको संयोजकत्वमा वडा नम्वर ४ का क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि, ढुण्डिराज खनाल र गणेश गिरी सदस्य रहने गरी कार्यदल गठन गरिने भएको छ । जसको सदस्य सचिवमा वडा सचिव लोकमणी पोख्रेल रहेका छन् ।

त्यसैगरी कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म विभिन्न समितिले वडा स्थानान्तरणका सन्दर्भमा पेश गरेका निवेदनमाथि कुनै कारवाही प्रक्रिया अगाडि नवढाउने सहमति भएको छ । ताला खुलेपछि वडाध्यक्ष वालकृष्ण रानाले जनतालाई मान्य हुनेगरी वडा स्थानान्तरणको प्रक्रिया अगाडि वढाउने प्रतिक्रिया दिएका छन् । उनले कार्यदललाई जनप्रतिनिधिको हिसावले सघाउने समेत प्रतिवद्धता जनाएका छन् । वडा समितिले सवैलाई पायक पर्ने भन्दै वडा वनहरीमा वडा कार्यालय सार्ने निर्णय गरेपछि हाल वडा कार्यालय रहेको गणेशपुर र मजुवाका जनताले तालावन्दी गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई