७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाण्डाै । थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) नेपालले सिंगापुरविरुद्ध अन्तिम खेल खेल्दैछ। खेल बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहान ८ः१५ मा सुरु हुनेछ। आजको खेलमा नेपाल सिंगापुरलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। उता प्रतियोगितामा अपराजित रहेको सिंगापुर पनि आफ्नो जितको यात्रालाई निरन्तरता दिने दाउमा छ।

जारी प्रतियोगितामा सिंगापुर एसिया कप छनोटका छानिसकेको छ भने नेपाल बाहिरिसकेको छ। सुरुवातका दुई खेलमा मलेसिया र हङकङसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले आफ्नो तेस्रो खेलमा भने थाइल्यान्डलाई हराएको थियो। अंकतालिकामा सिंगापुर शीर्ष स्थानमा छ। उसको ३ खेलबाट ६ अंक छ। नेपालले भने चौथो स्थानमा छ। उसको समान खेलबाट २ अंक मात्रै छ। अंकतालिकामा दोस्रो र तेस्रो स्थानमा क्रमशः हङकङ र मलेसिया छन्। उनीहरूको समान ४ अंक छ। यी दुवै टोलीबीच आज हुने प्रतियोगिताको अन्तिम खेलबाट एसिया कप छनोट खेल्ने दोस्रो टोलीको टुंगो लाग्नेछ। उक्त खेलको विजेताले एसिया कप छनोट खेल्न पाउनेछ।

हेड टु हेड नतिजाका आधारमा दुवै टोलीको स्तर बराबर देखिएको छ। यी दुवै टोलीबीच भएका अन्तिम तीन खेलमा दुवै टोलीले एक–एक जित हात पारेका छन्। एक खेल भने स्थगित भएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने