ताजा अपडेट »

सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्टफोन

विहीबार, ०९ फागुन २०७५, ११ : ३०
8 Shares

फागुन ९,

सामसुङले ६ क्यामरासहितको फोल्ड स्मार्टफोन सार्वजनिक गरेको छ । दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड अबको दुई महिनाभित्र बजारमा पठाउने तयारी भईरहेको छ ।

त्यस्तै सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडल पनि सार्वजनिक गरेको हो । सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।

फाइभ जी नेटवर्क उपलब्ध भएपछि यो फोनको डाटा स्पीड तीव्र हुनेछ । ग्यालेक्सी एस टेनमा कम मूल्यका अरु मोडलहरु पनि छन् ।

ग्यालेक्सी फोल्डमा स्क्रिनलाई ओपन अप गरेर ७.३ इन्चको बनाउन सकिने छ । यो फोनमा तीनवटा एप एकैसाथ चलाउन मिल्छ । यो फोनमा ६ वटा क्यामरा छन् । तीनवटा पछाडि, दुईवटा भित्र र एउटा अगाडि ।

ग्यालेक्सी फोल्डको फोर जी संस्करण आउँदो अप्रिल २६ मा बजारमा उपलब्ध हुनेछ । यसको मूल्य १ हजार ९ सय ८० डलरदेखि सुरु हुनेछ ।

सन् २०१८ मा २९२.२ मिलियन सामसुङ स्मार्टफोन बनेका छन् । त्यो गतवर्षभन्दा ८ प्रतिशतले कमी आएको हो । त्यस्तै २०८.८ मिलियन एप्पलका स्मार्टफोन निर्माण भएका छन् । एप्पलको पनि ३.२ प्रतिशतले उत्पादनमा कमि आएको हो ।

पछिल्लो समय आक्रामक व्यापार गर्दै आएको हुवाईले भने २०१८ मा राम्रो व्यापार गरेको देखिन्छ । यसले २०६ मिलियन फोन उत्पादन गरेको छ । यो २०१७ को भन्दा ३३.६ प्रतिशतले बढि हो ।-
एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।