ताजा अपडेट »

रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड

आइतबार, ११ जेठ २०८२, १६ : ५८
50 Shares
आइतबार, ११ जेठ २०८२
50 Shares

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटान अन्तर्गत रिजन पाँचका रोटरी क्लबहरूको संयुक्त पहलमा कर सचेतना सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेम पोखरेलले उद्घाटन गर्दै करसम्बन्धी जानकारीमूलक प्रस्तुति दिएका थिए । 

कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले कर प्रणालीप्रति जनचेतना अभिवृद्धि भैरहेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन जरुरी रहेको बताए । कतिपय कर सम्बन्धी अनभिज्ञतालाई उजागर गर्न कार्यक्रम सफल रहेको समेत उनको दाबी छ । कर शिक्षा, पारदर्शीता र उत्तरदायित्वका विषयमा बृहत छलफल गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले क्लबहरूबिचको समन्वयलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिवद्धता अनुसार रचनात्मक कार्यहरुमा जोड दिंदै आएको बताए । यसप्रकारको कार्यक्रमबाट साझा उद्देश्यतर्फ उन्मुख बनाउन मद्दत मिल्ने समेत उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष शिव ज्ञवालीले समुदायमा सात लक्षित क्षेत्रमा रहेर रोटरीबाट परियोजनाहरु चलाउँदै आएको बताए । सामाजिक उत्तरदायित्वका साथसाथै आर्थिक शुद्धतामा समेत टेवा पु¥याउने गरी संयुक्त रुपमा कार्यक्रम गर्न सफल भएको समेत उनले बताए । कार्यक्रममा एजी खिमानन्द पाण्डेले रोटरी क्लबहरू केवल सेवा मात्र होइन, जिम्मेवार नागरिक निर्माणमा पनि भूमिका खेल्न सक्षम रहेको बताए । करबारेको जानकारी नागरिक सचेतनाको महत्वपूर्ण आधार भएको भन्दै उनले यस किसिमको कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

कार्यक्रममा रोटरी क्लब बुटवल चौतारीका नुमलाल पौडेलले यस्तो सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा अझै उपयोगी र व्यावहारिक कार्यक्रम ल्याउने समेत बताए । चार्टड एकाउन्टेन्ट प्रमोद खनालले सहजीकरण गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाँचका १९ वटा रोटरी क्लबहरूका करिब २ सय बढी रोटरीयनहरु सहभागी भएका थिए । कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई उल्लेख्य मात्रामा सहभागी गराएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।