काठमाडाैं । पूर्व राजा ज्ञानेन्द्र शाह १७ बर्ष पछि नारायणहिटी दरबार गएका छन् । २०६५ जेठ १५ गते संविधानसभाबाट राजतन्त्र अन्त्य भएपछि ज्ञानेन्द्र शाह पहिलो पटक नारायणहिटी दरबार पुगेका छन् । उनी नाति हृदयेन्द्रलाई लिएर सनिबार नारायणहिटी गएका हुन्।
पूर्व राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले जनाए अनुसार नाति हृदयेन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा गरेपछि ज्ञानेन्द्र नारायणहिटी पुगेका हुन्। पत्नी काेमल सहित नारायणहिटी पुगेका ज्ञानेन्द्रका साथमा डा.जगमान गुरुङ पनि सँगै रहेका थिए।
देशमा गणतन्त्र स्थापना पछि राजपरिवारका सबै सदस्यले दरबार छोडे पनि रत्नाले भने त्यही महेन्द्र मंजिलमै रहने इच्छा व्यक्त गरेकी थिइन्। नेपाल सरकारले पनि उनको इच्छालाई सम्मान गर्दै नारायणहिटीमै बस्न अनुमति दिएको थियो।
प्रतिक्रिया