ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी सेवा सुरु

शुक्रबार, ०९ जेठ २०८२, १५ : १६
102 Shares
शुक्रबार, ०९ जेठ २०८२
102 Shares

बुटवल। रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी कार्यक्रम (Cholecystectomy) सञ्चालन गरिने भएको छ ।

अस्पतालको सर्जरी विभागमा उपचारको क्रममा आइ पित्तथैलीको अप्रेशनको पालो लिइ प्रतीक्षामा बसिरहनुभएका बिरामीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले बताए । 

‘यस अस्पतालमा चेकजाँच गराइ अप्रेशनको मिति २०८२ असार १ गतेपछिको पालो लिएर बसिरहेका बिरामीहरुले यही जेठ १२ देखि जेठ २२ गतेसम्म अस्पताल प्रशासन शाखामा कार्यालय समयमा सम्पर्क गरी नाम दर्ता गराउन अनुरोध छ, ’मेसु ढकालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ ।

नाम दर्ता गराइसकेपछि अप्रेशननको पालो लिएको कागजातसहितको विवरण अस्पतालको इमेल [email protected] मा पठाउनहुन वा आफै उपस्थिति भइ अस्पतालको प्रशासन शाखामा बुझाउन अस्पतालले अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।