ताजा अपडेट »

स्कलर्स होमका शिक्षकलाई जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि अभिमुखिकरण

शुक्रबार, ०९ जेठ २०८२, १९ : ५७
116 Shares
शुक्रबार, ०९ जेठ २०८२
116 Shares

बुटवल । बुटवल स्थित स्कलर्स होम बोर्डिङ्ग स्कुलले शिक्षकहरुलाई जोएफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयले यी र यस्तै प्रकारका फरक शैलीमा कार्यक्रम गर्दै आएको छ । शैक्षिक सत्रको सुरूवातसँगै शिक्षक शिक्षिकाहरूलाई व्यक्तित्व र नेतृत्व विकास का लागि कार्यक्रम गरेको हो।

विहिबार पाल्पाको बशन्तपुर स्थित लुम्बिनी केबलकारको सभाहलमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बिद्यालयका संस्थापक प्राचार्य शिव गुरूङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बस्याल, विद्यालयका प्रबन्ध निर्देशक खुबीराम आचार्य , प्राचार्य बाबुराम वञ्जाडे , सहप्राचार्य टिकाराम गौतमलगायतले वोल्दै विद्यार्थी मात्र नभई शिक्षक शिक्षकाहरूलाई पनि समय अनुसार तनाव व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए।

कार्यक्रममा प्रखर वक्ता विदुर फुँयालले प्रशिक्षण दिएका थिए। फुयालले झण्डै ५५भन्दा बढी जिल्लामा अभिमुखीकरण तालिम दिईसकेका छन्। ईमरान खानले पनि प्रशिक्षण दिएका थिए ।

सहभागी शिक्षक शिक्षिकाहरुले कार्यक्रमबाट आफुहरुले शिक्षण सिकाई र तनाव व्यवस्थापन सम्वन्धि राम्रो ज्ञान हासिल गरेको वताए । कार्यक्रममा लेखा संयोजक लोक प्रसाद भण्डारी ,प्रा।वि।संयोजक कमला पाण्डेले कार्यक्रममा सहजीकरण गरेको विद्यालयका सूचना विभाग प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।

Untitled

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।