ताजा अपडेट »

नेसपा (नयाँ शक्ति) को केन्द्रीय प्रशिक्षण विभागको बैठक सम्पन्न

शुक्रबार, ०९ जेठ २०८२, १३ : २७
138 Shares
शुक्रबार, ०९ जेठ २०८२
138 Shares

बुटवल र नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) को केन्द्रीय प्रशिक्षण बिभागको प्रथम बैठक केन्द्रीय कार्यालय काठमाडौं स्थित तिनकुनेमाबसि प्रशिक्षण सम्बन्धी निर्णयहरु गरेको  छ ।

पार्टी अध्यक्ष एबं केन्द्रीय प्रशिक्षण विभागका प्रमुख डा.बाबुराम भट्टराईको अध्यक्ष्यतामा बसेको प्रथम बैठकमा सदस् हरु महेन्द्र श्रेष्ठ ,नारायण खनाल , तिमिला यमी थापा ,रेखी गुरुङ्ग,डा. एम पि रिजाल ,केदार गुरागाँइ ,गजाधर सुनारको सहभागिता रहेको थियो ।

बैठकमा डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको केन्द्रीय प्रशिक्षण समन्धि प्रस्तावमा छलफलसहित पारित गरिएको थियो ।  

विभागका सदस्य हरुले जेठ महिना भित्र केन्द्रीय प्रशिक्षणका बिषयबस्तुहरु तयार गर्ने र बिषयबस्तुको समायोजन गरी अन्तिम रुप दिने काम पार्टी डा. भट्टराईले गर्ने निर्णय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।