काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजिनामा दिने तयारी गरेका छन् । यस विषयमा छलफल गर्न विद्यार्थी नेता तथा नेसनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई भेटेको बीबीसीले जनाएको छ ।
भेटमा युनुसनले अहिलेको अवस्थामा काम गर्न नसक्ने बताएको नाहिद इस्लामले बताएका छन् । “हामीले सर ९युनुस०को राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएको हुँ । भेटमा उहाँले देशको अहिलेको अवस्थामा काम गर्न नसक्ने बताउनुभयो,” बीबीसी बांगलासँगको कुराकानीमा विद्यार्थी नेता इस्लामले भनेका छन् ।
यसअघि, युनुसले सल्लाहकार सभाको बैठकमा देशको अवस्थाबारे असन्तुष्टि जनाएका थिए ।
अर्कोतिर, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारविरुद्ध दबाब बढाइरहेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारलाई हटाउन माग गरेको थियो ।
बीबीसी हिन्दीबाट ।
प्रतिक्रिया