ताजा अपडेट »

भारतका बिनायक सिंह यादवले जिते चेस उपाधि

शनिबार, १० जेठ २०८२, २२ : २०
12 Shares
शनिबार, १० जेठ २०८२
12 Shares

भक्तपुर । १२७ जना खेलाडी सहभागी स्व. कुमार ग्वाछा स्मृति ओपन फिडे रापिड रेटिङ्ग २००० मुनि चेस प्रतियोगिताको उपाधि भारतका विनायक सिं यादवले चुमेका छन्।

भक्तपुर युवा टिमद्वारा आयोजित सो प्रतियोगितामा भारतीय खेलाडी विनायक सिंले यादवले नेपालका मुहान नरसिंह सँग समान ८ अङ्क जोडेर प्रोग्रेसिभ प्वाइन्ट ४७ विरुद्ध ५१ का आधारमा विजेता बनेका छन्।यादवले नेपाल बसाइ सुखद बनाउँदै ट्रफि र नगद २५ हजार हात पारेका छन्। मुहान नरसिंहले दोस्रो स्थानमा चित्त बुझाउँदै नगद १५ हजार प्राप्त गरेका छन्।

काठमाडौँका प्रेमकृष्ण महर्जनले एकल ७.५ अङ्क जोडेर तेस्रो स्थानमा रहँदै नगद १० हजार जितेका छन्।स्पर्धामा राम्रो खेल प्रदर्शन गरेका कमल श्रेष्ठले ७ अङ्क बनाए सँगै चौथो स्थान प्राप्त गरी नगद ८ हजार, रिसोन थापाले छैटौं हुँदै नगद ६ हजार प्राप्त गरेका छन्।

नेपालीका सालिन खेलाडी प्रकाशचन्द्र नेपाल, राजन पुरी, भारतका आशुतोष कुमार, कान्तिपुर चेस क्लबका डसबि कार्कीले समान ९ अङ्क जोडेर क्रमशः नवौं बन्दै नगद रु. ५ हजार पुरस्कार प्राप्त गरेका छन्।भाग्यमानी खेलाडी धिरेन राईले ६.५ अङ्क जोडेर दसौँ स्थान ओगटेका छन्। श्रेष्ठले नगद ५ हजार पुरस्कार जिते।अन्य विधागत पुरस्कारमा उत्कृष्ट भक्तपुर जिल्लाका निकेन कुसाथा, उत्कृष्ट भक्तपुर नगर प्रथम पुरुषोत्तम दुवाल, द्वितीय गणेशमान दुवाल, उत्कृष्ट अनरेटेड कैलाश शरण अशोक पण्डित, उत्कृष्ट सिनियर अशोकमोहन श्रेष्ठ, महिलामा कुशुम घिसिङ उत्कृष्ट बनिन्।यसै गरी १९ सय रेटिङ मुनि सिएम भगवती प्रसाद शर्मा, १७ सय मुनि राजेन्द्र राई, युवा १६ वर्षमा सजल न्यौपाने, १४ मा प्रत्युस श्रेष्ठ, १२ मा सात्विक मान तुलाधर र १० मुनि हृदय बस्नेत उत्कृष्ट ठहरिए।

यसैबिच समापन तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि बाग्मती प्रदेश सभाषद सुरेन्द्र राज गोसाईं, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, प्रवक्ता राजु ताम्राकार, केन्द्रीय सदस्य निरञ्जन प्रजापति, काजकिस्तानका प्रशिक्षक बख्तियार अस्कोरभ लगायतको उपस्थिति रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।