ताजा अपडेट »

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

आइतबार, ११ जेठ २०८२, ११ : २९
34 Shares
आइतबार, ११ जेठ २०८२
34 Shares

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैबिच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।