बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखा कार्यालयले मृत्युदाबी भुक्तानी गरेको छ ।
कार्यालयले मृतक बिमित बाबुराम रायमाझीको १ लाख बिमाङको मृत्यु दाबी रकम १ लाख २९ एक सय मृतककी श्रीमती बिष्णु रायमाझीलाई कम्पनीले रकम हस्तान्तरण गरेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा १ लाखको सिटिजन शुभारम्भ जीवन बिमा योजना एजेन्सी म्यानेजर मित्र लाल न्यौपानेले गरेका थिए ।
कार्यक्रममा शाखाको शाखा प्रमुख बिनिता श्रीस, एजेन्सी म्यानेजर मित्रलाल न्यौपाने, एजेन्सी म्यानेजर शोभा कुमारी थापा र स्थानीय जनप्रतिनिधीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया