ताजा अपडेट »

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका अधिकृत महिमानसिंह धरौटीमा छुटे

सोमबार, ०५ जेठ २०८२, १८ : २३
34 Shares
सोमबार, ०५ जेठ २०८२
34 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले उनीविरूद्ध झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ मा पक्राउ गरेर हिरासतमा राखेको थियो ।

विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरको भेटिएपछि उनलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा गएका थिए ।

महिमानले लेखेको पत्रका आधारमा रेशम ५ घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए । महिमानसिंहको पत्रले चौधरी पक्राउ परेपछि त्यही दिन हुने भनिएको नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम पनि बिथोलिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।