ताजा अपडेट »

आज भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने

विहीबार, ०१ जेठ २०८२, ०९ : ४२
78 Shares
विहीबार, ०१ जेठ २०८२
78 Shares

काठमाडौँ । पछिल्ला केही दिनमा देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा केही क्षेत्रमा वर्षाको सम्भावना पनि रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङ लगायत क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज पहाडी र हिमाली क्षेत्रबाहेक अन्य भागमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियसमाथि रहने देखिएको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने पूर्वानुमान छ ।

वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा ३७ डिग्री सेल्सियसदेखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको भनाई छ । राजधानी काठमाडौँमा पनि आज अधिकतम तापक्रम ३३ डिग्रीसम्म पुग्ने बताइएको छ ।

1_8aP7aUDCxU

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।