ताजा अपडेट »

भक्तजनले मनाए महाशिवरात्रि : शिवालयमा घुँईचो

शुक्रबार, ०९ फागुन २०७६, १९ : १५
8 Shares

फागुन ९,

ग्लोबल आवाज

बुटवल । महाशिवरात्रि देवताका पनि देवता आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी शुक्रवार देशभर मनाईएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गरी मनाएका हुँन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । शिवरात्रिको अवसरमा आज विभिन्न शिवालयहरुमा श्रद्धालुु भक्तजनको भीड लागेको थियो ।

यसैबीच रुपन्देही तथा पाल्पाको सिद्ध बाबा, बोलबम धाम, मुक्तिनाथ धाम, निलकण्ठ धाम लगायतका शिवालयहरुमा दर्शनार्थी तथा भक्तजनहरुको भिड लागेको थियो ।

हेर्नुहोस् तस्वीरमा :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।