ताजा अपडेट »

पदभारपछि हितेन्द्रदेवको प्रतिक्रिया– न्याय पाएँ, लोडसेडिङ हुँदैन

मंगलबार, १२ चैत्र २०८१, २१ : ०२
56 Shares
मंगलबार, १२ चैत्र २०८१
56 Shares

बुटवल । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।  प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे ।  

शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका विषयमा प्रक्रियागत ढंगले समाधान निकाल्ने दावी समेत गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।