ताजा अपडेट »

राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता छन् : विप्लव

विहीबार, ०७ चैत्र २०८१, १६ : ५२
56 Shares
विहीबार, ०७ चैत्र २०८१
56 Shares

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताएका छन् । 

राजनीतिक अन्तरक्रियाको लागि बेलबारी पुगेका महासचिव (विप्लव) ले नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ । अहिलेको व्यवस्था नै अधुरो छ । पहिलो संविधान बनाउँदा नै विवादहरु भयो ।  अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरु भएको छैन् । राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो । समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो ।’

साथै, उनले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता रहेको बताए । उनले नेपाली जनताको आवश्यक्ता समाजवाद भएको बताए ।  उनले भने, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असंख्य जनता छन् । ७२ प्रतिशत जनता समजवादको पक्षमा छन् । अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरी बौरिने प्रयत्न गरेको मात्रै हो । नेपाली जनताको आवश्यक्ता समाजवाद हो ।’
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।