ताजा अपडेट »

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा

विहीबार, ०७ चैत्र २०८१, १६ : ४१
88 Shares
विहीबार, ०७ चैत्र २०८१
88 Shares

रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के।जी। लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के।जी। गाँजासहित ना। ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती  गाँजासहित  ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।