ताजा अपडेट »

स्ववियू निर्वाचन गराउन समिति गठन

सोमबार, ०६ फागुन २०७५, १७ : ३१
10 Shares

फागुन ६,

काठमाडौं । स्ववियू निर्वाचन सम्पन्न गराउन त्रिभुवन विश्वविद्यालयले समिति गठन गरेको छ । शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय समन्वय तथा निरिक्षण समिति गठन गरिएको हो ।

फागुन १४ मा तोकिएको मितिमा स्ववियू चुनाव नहुने पक्का भएपछि त्रिविले समिति गठन गरेको हो । समितिको सह संयोजकमा रजिस्ट्रार डिल्लीराम उप्रेती, सदस्यहरुमा विष्णुप्रसाद खनाल, नरेन्द्र प्रसाद शिवाकोटी, विष्णु केसी, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गंगावहादुर थापामगर रहेका छन् । समितिले बैठक बसेर निर्वाचनबारे आवश्यक निर्णय लिनेछ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरेर तोकिएकै मिति फागुन १४ मा स्ववियू निर्वाचन गराउन माग गर्दै सत्तारुढ दलका विद्यार्थी संगठनहरुले त्रिवि उपकुलपति कार्यालय घेराउँ गरेका छन् ।अखिल, अखिल (क्रान्तिकारी) ले सोमबार बिहान त्रिवि कार्यालय घेराउ गरेको हो । घेराउँपछि त्रिविले समिति गठन गरिएको र समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने विद्यार्थी नेता दिपेस पुनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।