ताजा अपडेट »

महाशिवरात्रिका लागि पशुपति आएका साधुको शोभायात्रा गरिँदै

मंगलबार, ०६ फागुन २०७६, ०७ : ५२
10 Shares

फागुन ६,

काठमाडौं । महाशिवरात्रि पर्व त्रिदिवसीय रूपमा मनाउने गरी पशुपति क्षेत्र विकास कोषले मंगलबार पर्व मनाउन आएका सबै साधुको उपस्थितिमा शोभायात्राको तयारी गरेको छ । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार शोभायात्रामा सहभागी साधुको उपस्थितिअनुसार साधुलाई पर्व समापनपछि दक्षिणासहित बिदाइको समेत व्यवस्था छ ।

कालमोचनघाटका साधु अखाडा, बूढानीलकण्ठ साधु आश्रम, अन्नपूर्ण आश्रम, वेदविद्याश्रम, सोमसरला वेदविद्याश्रमलगायत सात्विक जीवन व्यतित गरेकालाई पनि शोभायात्रामा आमन्त्रण गरिएको छ । महाशिवरात्रि मनाउन कालमोचन घाटमा साधु आउने क्रम बढेको छ । साधुहरूको आगमन छिट्टै भएकाले कसरी भोजनको व्यवस्था गर्ने भन्नेमा चिन्ता पनि बढेको छ । यस वर्ष महाशिवरात्रि फागुन ९ गते परेको छ । कालमोचनघाटका सन्न्यासी, वैरागी, उदासी र थापाथलीको नाथ अखडामा आएका साधुलाई के कसरी भोजन गराउने भन्ने अन्योल छ । उदासी अखडाका महन्थ पुष्पदास उदासीले भने, ‘‘नेपाल भ्रमण वर्ष’ परेकाले साधु यो पल्ट छिट्टै भित्रिए तर के खान दिने हो, टुंगो छैन ।’’

राज्यका तर्फबाट भने महाशिवरात्रिको एक दिन अघिदेखि मात्र साधुलाई भोजन व्यवस्था गर्ने प्रचलन छ । सन्न्यासी अखडाका महन्थ रमानन्द गिरी, नाथ अखडाका महन्थ नारायणनाथ योगी, वैरागी अखडाका रामशरण वैरागीले पनि साधुको आगमन भइसकेकाले समस्या आएको बताउनुभयो । -गोरखापत्र दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।