ताजा अपडेट »

लिटिल बर्डस् १९औं वर्षमा,प्रविधिको उच्चतम प्रयोगमा जोड

आइतबार, ०५ फागुन २०७५, १३ : ०३
20 Shares


फागुन ५,
ग्लोबल आवाज
सैनामैना । रानीबगिया स्थित लिटिल बर्डस् इङ्गलिस स्कुलको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस–२०७५ सम्पन्न भएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता र प्रदेश ५ प्याब्सनका उपाध्यक्ष खेमेन्द्र रानाको प्रमुख आतिथथ्यतामा एक समारोह बीच कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममो प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्यराजेश सिक्देलले शिक्षामा उत्कृष्ट नतिजासँगै २१ जनालाई अन्तराष्ट्रिय छात्रवृत्ति, सर्भर कम्प्युटर ल्याव, अटोमेटिक स्कुल घण्टी, सीसीटीभी क्यामेरा जडानसँगै विभिन्न भौतिक संरचना सहित विद्यालय प्रविधिको अधिक प्रयोग गर्दै विद्यालय सञ्चालन भइरहेको जानकारी गराए ।


उनले आगामी दिनमा प्रि–प्राइमरीलाई व्यवस्थित गर्दै अडियो, भिजुुअल तथा एसी सहित कक्षा सञ्चालन गर्ने कक्षा ४,५,६, मा कापिको सट्टा ट्याबलेट प्रविधि प्रयोग एवम् गृहकार्य, रिजल्ट, शुल्क लगाएत अन्य सम्पूर्ण जानकारीकालागि वेबसाइट प्रयोग गरिने जानकारी गराए।

विद्यालयका अध्यक्ष प्रेम कुमार शर्माले गुणस्तरीय शिक्षासँगै विद्यालयलाई प्रविधि मैत्री बनाउन लागानी बढाएको बताउँदै पश्चिम क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउन नयाँ कार्यक्रम तथा योजना सहित अगाडि बढेको बताए ।

समारोहमा लोकप्रिय जनगायक जीवन शर्मा लगाएत विद्यार्थीहरुको विभिन्न प्रस्तुती रहेको थियो । कार्यक्रम शिक्षिका यशोदा सिक्देलको स्वागत र शिक्षक सुरेश पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।