ताजा अपडेट »

राष्ट्र बैंकले अहिलेको दशैँमा नयाँ नोट नसाट्ने

मंगलबार, १८ भदौ २०८१, १७ : ०६
126 Shares
मंगलबार, १८ भदौ २०८१
126 Shares

काठमाडौँ । यो दसैँमा नेपाल राष्ट्र नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने भएको छ । यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । 

 नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलका अनुसार नयाँ नभई यो वर्ष सुकिला नोट प्रयोग गरिने छ । उनले भने, ‘यो वर्ष सर्वसाधारणलाई सुकिला र सफा नोट दिइने छ । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको हो ।’

 
यसअघि दसैँका लागि राष्ट्र बैंकले केही महिना अघि नै नयाँ नोट छापेर राख्ने गरेको थियो । यो वर्ष नयाँ नोट छापिएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।