ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुलले गर्यो जापानमा हुने कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई

शुक्रबार, ०७ भदौ २०८१, १२ : २४
112 Shares
शुक्रबार, ०७ भदौ २०८१
112 Shares

बुटवल । पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहालले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीहरूलाई बिदाई गरेका छन्।

मङ्गलवार पुर्व प्रधानमन्त्री  दाहालले खुमलटारमा आयोजित एक कार्यक्रममा ब्रिटिस ग्रामरा स्कुलका खेलाडीहरूलाई बिदाई गरेका हुन्। अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुनेछन्।

खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष दाहालले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरे। बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि।आर लगायत सहभागी थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।