ताजा अपडेट »

अर्घाखाँचीकी मृगौला पीडित क्षेत्रीको उपचारको लागि आर्थिक अभाव, सहयोगका लागि अपिल

बुधबार, १२ असार २०८१, १४ : १३
276 Shares
बुधबार, १२ असार २०८१
276 Shares

बुटवल  । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ मा वस्ने बल बहादुर क्षेत्रीको श्रीमती गोमा क्षेत्री दुवै मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगको लागि अपिल गरेका छन् । 

गम्भिर प्रकृतिको रोग लागेर हाल उपचाररत रहेकी गोमा क्षेत्रीको उपचारको लागि आर्थिक अभाव भएपछि उपचारको लागि सहयोगको याचना गरिएको हो।  आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या देखिएको हुँदा उपचारमा आर्थिक सहयोग गरिदिनको लागि सबैमा आग्रह गरिए‌को छ। पीडित क्षेत्रीलाई सहयोग गर्नको लागि साईन रेसुङ्गा बैंक लिमिटेड को खाता नम्बर ००२००५०००११९४८०००००१ मा सहयोग गर्न सकिन्छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।