ताजा अपडेट »

फार्मेसी संघमा रुपन्देही र कपिलबस्तु उत्कृष्ट

आइतबार, ०२ असार २०८१, १६ : ४७
158 Shares
आइतबार, ०२ असार २०८१
158 Shares

 

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देही र कपिलबस्तु शाखा उत्कृष्ट भएका छन् । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको शनिबार रुपन्देहीको देवदहमा भएको साधारण सभामा प्रदेशमा उत्कृष्ट भएका दुबै शाखालाई सम्मान गरिएको हो । 
त्यस अवसरमा प्रदेशमा उत्कृष्ट भएका रुपन्देही र कपिलबस्तु दुबै शखाालाई सम्मान पत्र प्रदान गरिएको छ । फार्मेसी संघ लुम्बिनी प्रदशको साधारण सभामा सबै जिल्लाले प्रस्तुत गरेको प्रतिवेदनमा जहाँ औषधि त्यहाँ फार्मासिष्टको नारालाई कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिईएको छ । 
साधारण सभामा बोल्दै नेपाल फार्मेसी संघका केन्द्रीय सदस्य ध्रुवकुमार शर्माले आफूहरुले उठान गरेको जायज माग जहाँ औषधी त्यहाँ फार्मासिष्टको कार्यान्वयनको लागि तीन तहका सरकारलाई जिम्मेवार बनाउन संघको तीनै तहबाट जोडबल गर्नुपर्ने बतार्ए। 
साधारण सभामा लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारीले अध्यक्षको प्रतिवेन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै महासचिव सुभेन्द्रप्रसाद यादवले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मोती खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
त्यस्तै रुपन्देहीका अध्यक्ष गणेशप्रसाद सेढाई, कपिलबस्तुका अध्यक्ष रमेश शर्मा, पाल्पाका अध्यक्ष सुर्य बस्याल, दाङका अध्यक्ष सुलभ अधिकारी लगायत जिल्लाबाट आएका सबै अध्यक्षहरुले जिल्लागत प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मत पारित भएको महासचिव सुभेन्द्रप्रसाद यादवले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।