ताजा अपडेट »

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागमा तालाबन्दी

शुक्रबार, ०३ फागुन २०७५, १५ : ००
10 Shares

फागुन ३,

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।विभागको आंशिक शिक्षकको पदपूर्तिप्रति विरोध जनाउँदै अनेरास्ववियु र अखिल क्रान्तिकारीले शुक्रबार दिउँसो तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अखिल क्रान्तिकारी त्रिवि समिति अध्यक्ष लोकेन्द्र ऐरीले  विज्ञप्ति मार्फत आवश्यक नहुँदा पनि विभागले आंशिक शिक्षकका लागि विज्ञापन गरेकाले प्रक्रिया रोक्न माग गर्दै तालाबन्दी गरिएको जनाएको छ ।

समाजशास्त्र केन्द्रीय विभाग प्रमुख तुलसीराम पाण्डेले भने विभागमा शिक्षक आवश्यक परेकाले त्रिभुवन विश्वविद्यालयसँग अनुमति लिएरै विज्ञापन गरिएको बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।