ताजा अपडेट »

गणतन्त्र दिवसका अवसरमा शारीरिक सुगठन खेलाडी सम्मानित

मंगलबार, १५ जेठ २०८१, २० : २६
54 Shares
मंगलबार, १५ जेठ २०८१
54 Shares

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न खेलका ८ खेलाडीलाई नगदसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। एथलेटिक्स र शारीरिक सुगठनका ३–३ खेलाडी तथा मुवाँथाई र उसुका १–१ खेलाडी पुरस्कृत भएका छन्।

सातदोबाटोमा आयोजित कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीलाई पुरस्कार प्रदान गरे।

कार्यक्रममा शारीरिक सुगठन विधातर्फ तीन खेलाडी सम्मानित भए। माल्दिभ्समा आयोजित १३ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्ने ललित धिमाल तथा नेपालमा आयोजित ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जित्ने महिला खेलाडी रजनी श्रेष्ठ र समन मुलगुठीलाई परिषदले सम्मान गर्यो।

Messenger_creation_807f5da6-71e7-4a8d-af90-48ffcfefc367

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।