ताजा अपडेट »

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

विहीबार, १० जेठ २०८१, १५ : ३६
30 Shares

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । तत्कालीन सिइओ किरण कुमार श्रेष्ठले दुई कार्यकाल सकेर बिदा भएपछि बैंकको सीईओ पद रिक्त थियो  ।

बैंककै डेपुटी सीईओ रहेको खनाललाई बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो । सर्ट लिष्टमा खनालसहित कृष्ण बहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।