ताजा अपडेट »

लुम्बिनी प्रदेशको अधिवेशनमा जुट्यो नेसपा, पालिकासम्म संगठन विस्तारलाई तीव्रता दिने

मंगलबार, ११ बैशाख २०८१, १९ : २३
120 Shares

बुटवल । नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशले स्थानीय तह देखि प्रदेशसम्मको अधिवेशन आगामी असोजसम्म गर्ने भएको छ । जसका लागि  प्रदेशका १२ जिल्ला र पालिकासम्म  संगठन विस्तारलाई तीव्रता दिइने केन्द्रिय सदस्य विमल गिरीले जानकारी दिए ।

पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराईको  प्रमुख आतिथ्यतामा बुटवलमा बसेको नेसपा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनको प्रथम बैठकले अधिबेशनको लागि प्रदेशका १२ जिल्ला र पालिकासम्म  संगठन विस्तारलाई तीव्रता दिने निर्णय भएको केन्द्रिय सदस्य गिरीले बताए  । अध्यक्ष भट्टराईले  नयाँ भन्दै आएका दलको पतन सुरुवात भएको र पुराना दल सुध्रने छाँट नदेखिएको भन्दै दुक्क भएर जनताको बिचमा जान नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

साथै अधिवेशन प्रत्यक्ष निर्वाचन बिधिबाट गर्ने र प्रदेशमा अधिबेशनसम्म पार्टी सदस्य अध्यावधिक गर्नुका साथै थप १० हजार  सद्स्यता वितरण गर्ने युवा नेता गिरीले जानकारी दिए । बैठकले प्रदेश कार्यालय ५ जनाको बनाउने, प्रदेश सचिवालयको निर्माण गर्ने र अधिवेशनको लागि आर्थिक ब्यबस्थापन गर्नेसम्मका निर्णय गरेको छ ।

साथै पार्टीको आङ्गिक संघसंगठनकाको जिम्मेवारी केन्द्रिय सदस्य बिमल गिरिलाई, रुपन्देही जिल्ला संयोजकको जिम्मेवारी शेभाकान्त नेपाललाई  र कार्यालय सदस्यको जिम्मेवारी  गोबिन्द काराखेतिलाई दिएको छ । 

बैठकमा नेसपा अधिबेशन आयोजक समिति सदस्य हिसिला यमि , विष्णुहरी शर्मा लगाएतले वर्तमान राजनीतिक परिवेश र महाधिवेशनको बारेमा जानकारी गराएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।