ताजा अपडेट »

बुटवलको बागेश्वरीले विविध कार्यक्रम गरि मनायो रजत जयन्ती

शनिबार, ०८ बैशाख २०८१, १९ : ४०
60 Shares

बुटवल  । बुटवलको बागेश्वरी कला तथा संगित एकेडेमीले आफ्नो रजत जयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।

शनिवार आफ्नै बागेश्वरी थेयटरमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले २५ औं बर्ष पार गरेको अवसरमा रजत जयन्ती मनाएको हो । रजत जयन्ती समारोहको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

नगर प्रमुख पाण्डेयले कला र साहित्यको क्षेत्रमा सहकार्य गरेर काम गर्न उपमहानगरपालिका तयार रहेको बताउदै   नेपाली कला र संस्कृतिको जर्गेना गर्न सवै लाग्नुपर्ने बताए । पश्चिमी कला र संस्कृतिका कारण नेपाली कलाको मौलिकता मर्न थालेको भन्दै यसको संरक्षण र प्रबद्र्धनमा राज्यले पहल कदमी गर्नुपर्ने बताए ।

IMG_20240420_194506_(1900_x_1000_pixel)

संघिय राजधानी बाहिर अहिले पनि कला, संस्कृति, साहित्यको क्षेत्रमा उल्लेख्य काम हुन नसकेको भन्दै बुटवल उपमहानगरपालिका कलाको सम्मान गर्न सधै प्रतिबद्ध रहेको बताए ।

बागेश्वरी कला तथा संगित एकेडेमीकी सञ्चालक लालिमा श्रेष्ठले २५ बर्षको अवधिमा एकेडेमीबाट हजारौं विद्यार्थीहरुले कला र संगितकोे ज्ञान लिएको बताईन । साथै उनले कला र संस्कृति संग जोडिएका प्रतिष्ठान वा संस्थालाई राज्यले उपेक्षा गरेको भन्दै नेपाली कला र संगित जिवन्त राख्न प्रतिष्ठान वा संस्थाहरुलाई राज्यले संरक्षकत्व दिनुपर्ने बताईन ।

 

एकेडेमीका व्यवस्थापक दावा शेर्पाले एकेडेमीले २५ बर्ष पार गर्नु सामान्य विषय नभएको भन्दै यसले समाजलाई दिएको योगदानको चर्चा हुनुपर्ने बताए । उक्त कार्यक्रममा साहित्यकार घनश्याम परिश्रमीले साहित्य क्षेत्रको प्रबद्र्धनमा तीन वटै तह लाग्नुपर्ने बताए । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुती गरिएको थियो ।कार्यक्रम सञ्चारकर्मी छाया पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।