ताजा अपडेट »

नेपाल र साउदी अरेबियाबीचको खेल ८-८ ओभरको हुने

बुधबार, ०५ बैशाख २०८१, १४ : ०२
42 Shares

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीको दोस्रो मैदानमा हुने यो खेल ८-८ ओभरको हुने भएको छ ।यो खेल नेपाली समय अनुसार सवा २ बजेदेखि शुरु हुने भएको छ ।

गएराती ठुलो बर्षा भएकोले आज खेल हुने पिचमा क्षति पुगेको कारण समयमा खेल शुरु हुन नसकेको हो । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपालका लागि यस खेलको नतिजाले अब कुनै असर नगर्ने भएको छ ।

त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।