ताजा अपडेट »

भीम रावलको टिप्पणी : चौबीसै घण्टा सत्ता स्वार्थमा लाग्दा देश तहसनहस हुँदैछ

सोमबार, ०३ बैशाख २०८१, १० : १८
84 Shares
सोमबार, ०३ बैशाख २०८१
84 Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले चौबीसै घण्टा सत्ता स्वार्थमा लागेर देश तहसनहस बनेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले देशका गम्भीर समस्या बारे चिन्तन र छलफलको साटो सत्ताको स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नुले देश तहसनहस बनेको बताएका छन् ।

उनले भनेका छन्- देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन् । यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो । यस्तो चालाले देश तहसनहस हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।