ताजा अपडेट »

कांग्रेसबाट इलाम- २ मा खड्का र बझाङमा अभिषेक बने उम्मेदार

विहीबार, २२ चैत्र २०८०, १२ : ५५
26 Shares

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले इलाम- २ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए ।

इलाम- २ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए।डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।