ताजा अपडेट »

बैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्धा दायर

सोमबार, १९ चैत्र २०८०, १६ : २०
56 Shares

 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । 

निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए । 

अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।