ताजा अपडेट »

बहराइनसँग दोस्रो खेलमा पनि नेपाल पराजित

बुधबार, १४ चैत्र २०८०, ०६ : ०८
52 Shares

बहराइन। फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा गयराती (मंगलबार) भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको हो ।

छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक साता भित्र बहराइनसँग दोस्रो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छैन । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।

आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।