ताजा अपडेट »

मोदीको विरुद्धमा वाराणासीमा कांग्रेसको उम्मेदवार अजय राय

आइतबार, ११ चैत्र २०८०, १० : ४४
138 Shares
आइतबार, ११ चैत्र २०८०
138 Shares

नयाँदिल्ली । कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । 

जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय राईलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ। अजय राईले २०१४ र २०१९ मा पनि वाराणसी सिटबाट प्रधानमन्त्री मोदीविरुद्ध चुनाव लडेका छन् । तर, दुवै निर्वाचनमा अजय रायले पराजय भोग्नु परेको थियो ।

लोकसभा चुनाव २०१९ मा  प्रधानमन्त्री  मोदीले समाजवादी पार्टीकी शालिनी यादवलाई ४ लाख ८० हजार मतले पराजित गरे। शालिनी यादव अहिले भाजपामा प्रवेश गरेकी छन् । उक्त निर्वाचनमा अजय रायले १ लाख ५२ हजार ५४८ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए । गत लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी सिटबाट ६३.६२ प्रतिशत मत पाएका थिए भने अजय राईले १४.३८ प्रतिशत मत पाएका थिए।

२०१४ को लोकसभा चुनावमा अजय रायले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा चुनाव लडेका थिए र त्यो बेला उनी दोस्रो भएका थिए । कांग्रेसले हालसम्म ५४३ लोकसभा सिटमध्ये १८५ सिटका लागि उम्मेदवारको नाम घोषणा गरेको छ । कांग्रेसले चौथो सूचीमा धेरै दिग्गज नेतालाई टिकट दिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।