ताजा अपडेट »

इन्द्रेणी बहुउद्देश्यीय सहकारीको २९औं स्थापना दिवस: सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम

शनिबार, १० चैत्र २०८०, १९ : १५
108 Shares
शनिबार, १० चैत्र २०८०
108 Shares

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेकाे इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २९औं स्थापना दिवसको अवसरमा सस्थागत  सामाजिक उत्तरदायित्व अन्तरगत विविध कार्यक्रम गरि मनाएकाे छ । 

सहकारीले आफ्नो  सामाजिक उत्तरदायित्व अन्तरगत रहेर बुटवलको  निलकण्ठ बाबाधाममा आर्थिक सहयोग '  तिलाेत्तमाकाे शान्ती नमुना माविमा अक्षयकोषमा नगद सहयाेग गर्नुका साथै रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयाेगमा  रक्तदान कार्यक्रम  गरी  ४० पिन्ट रगत जम्मा गर्न सफल भएको कुरा काेषाध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए । 

आज सम्पन्न भएका विभिन्न कार्यक्रमलाई ओैपचारिक रुपमा सम्बाेधन गर्दै सस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले वर्तमान समयमा सहकारी अभियानमा समस्या उत्पन्न भएको भएता पनि याे सस्थामा कुनै पनि प्रकारकाे समस्या नभएकोले सेयर सदस्य तथा बचतकर्तालाई निश्चिन्त रहन अनुराेध गरेका थिए ।

कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षण संरक्षक भुपाल श्रेष्ठको प्रमुख आदित्यमा कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा सहकारीले सामाजिक दायित्व अन्तर्गतका गतिविधि गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जान हौसला प्रदान गर्ने बताए । 

विविध कार्यक्रममा सहभागी सम्पूर्ण सहभागीलाई उपाध्यक्ष माया गाैतमले सहकारी अभिवादन सहित स्वागत र कार्यक्रमकाे सञ्चालन कृष्णप्रसाद अर्यालले गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।