ताजा अपडेट »

११९ औँ अन्तर्राष्ट्रिय रोटरी ‘डे’को अवसरमा आँखा जाँच शिविर

आइतबार, १३ फागुन २०८०, ११ : ३७
104 Shares

भैरहवा ।  ११९ औँ अन्तर्राष्ट्रिय रोटरी डे को अवसरमा सिद्धार्थनगर नगरपालिका भित्रका तीन वटा रोटरी क्लबहरु, रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले सिद्धार्थनगर नगरपालिका वडा नं. १२ ,  स्थित सिद्धार्थ आधारभूत विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका ७० जना विद्यार्थीहरुको आँखा जाँच शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका वर्ष २०२३–२४  का अध्यक्ष रो। नारायण प्रसाद भण्डारी अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी नेत्रालय, भैरहवाले प्राबिधिक सहयोग गरेको थियो।  कार्यक्रम रोटरी क्लब अफ भैरहवा अध्यक्ष रो। उमेश चन्द्र आचार्यको स्वागत तथा सचिव हरी प्रसाद आचार्यको संचालनमा  सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्लबका एसिष्टेन्ट गभर्नर हिरा बहादुर शाह सहित तिन वटै क्लबका  अध्यक्ष ज्युहरुले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

क्लबले  गर्न लागेको यस्तो मानबिय कार्यमा सधै आफ्नो साथ रहने बताए । क्लबले यो विद्यालयमा अन्य स्वास्थ सम्बन्धि कार्यक्रम पनि संचालन गर्नु पर्ने कुरामा जोड दिए।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षगोविन्द प्रसाद बश्यालले रोटरी क्लबहरुले  संयुक्त रुपमा गरेको कार्यलाई बिशेष धन्यवाद दिदै आगामी दिनमा पनि अन्य सहयोगको अपेक्षा राखे।   कार्यक्रममा अध्यक्ष  नारायण प्रसाद भण्डारीले ११९ औँ अन्तर्राष्ट्रिय रोटरी डे को अवसरमा स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ् यस्तो मानविय सेवामा जोडिन पाउँदा आफुलाई गर्ब लागेको कुरा उल्लेख गर्दै, संस्थापक अध्यक्षज्यु हरुलाई भुल्न नसकिने कुरामा जोड दिए ।  

कार्यक्रममा पब्लिक ईमेज चियर राज कुमार गुप्ता, डिस्ट्रिक जोइन्ट सेक्रटरी कृष्ण पाण्डे,  रोटरी डे सेलिब्रसन को(चियर  पवन कुमार पौडेल, संस्थापक अध्यक्षहरु साथै तिन वटै क्लबका रोटरीयनहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।