ताजा अपडेट »

बुटवलका प्रविन थापा ब्राउन सुगरसहित पक्राउ

विहीबार, १० फागुन २०८०, २३ : ३८
2.37K Shares

बुटवल । लागु औषध ब्राउन सुगरसहित बुटवलका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल-१० कालिकानगरका ३१ वर्षीय प्रविन थापा रहेका छन् । 

बुधबार साँझ अस्थायी प्रहरी विट राजमार्ग चौराहा रुपन्देहीबाट खटीएको प्रहरी टोलिले उनलाई नियन्त्रणमा लिएको हो । थापाको साथबाट १ ग्राम ८ सय मिलीग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । राजमार्ग चौराहा स्थित लु ८३ प ५२२८ नम्बरको बुलेट मोटरसाईकललाई शंकामानि चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका थिए । लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।