ताजा अपडेट »

कस्तुरीको बिनासहित दुईजना पक्राउ

शुक्रबार, १९ माघ २०८०, १६ : ०७
70 Shares

 

काठमाडौं । काठमाडौं महानगरपालिका-१७ कुवाबाहालबाट कस्तुरीको बिनाजस्तो देखिने रौँ सहितको १५/१५ ग्राम तौल भएको २ थान डल्लोसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ३५ वर्षीया पूजा बोहरा र काभ्रे घर भएका ३३ वर्षीय योगेन कार्की रहेका छन् । उनीहरूले डेरा कोठामा संरक्षित वन्यजन्तु कस्तुरीको बिना लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त तौलको बिना फेला पारी उनीहरूलाई पक्राउ गरेको   हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।