ताजा अपडेट »

दुई पुरुषको हत्यामा संलग्न एक महिला २० वर्षपछि पक्राउ

विहीबार, ११ माघ २०८०, २१ : ०१
368 Shares
विहीबार, ११ माघ २०८०
368 Shares

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस-२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। तर, उनी फरार थिइन्। उनलाई बुधबार संखुवासभा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।