ताजा अपडेट »

बैंक-वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

विहीबार, २६ पुस २०८०, ०९ : ०६
40 Shares

काठमाडौ । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले २० अर्ब रुपैयाँको बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । माघ ४ गते यसको साँवा र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

notice rastra bank

notice-rastra bank

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।